सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी…