नेपाली काँग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् । गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन् । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् काँग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९…