संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताउनुभयो । डा. रोहित जिज्ञासुले भूकम्पका…