प्राकृतिक चिकित्सासँगै सङ्क्रमितको उपचार गर्दै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको वागेश्वरीमा आजबाट आइसोलेसन सञ्चालन गरी सङ्क्रमितको उपचार गर्न लागेको हो । सो ठाउँमा रहेका २२ वटामध्ये पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ…