वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गए राति सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिराले पु¥याएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले पहिराग्रस्त क्षेत्रमा उद्धारको कार्य भइरहेको उल्लेख गर्दै तत्काल राहत पु¥याउने बताउनुभएको छ । पौडेलले यस विपद्को क्षणमा निरन्तर रुपमा खटिने जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय जनसमुदाय लगायतलाई धन्यवाद व्यक्त…