वाग्मती, २९ साउन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताउनुभएको छ । ‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंँडा फर्कनुभएका मन्त्री फुयालले रासससंँग कुरा गर्दै २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने री काम गरिने बताउनुभयो ।…