गण्डकी प्रदेशमा बन्दाबन्दी गर्नुपर्ने अवस्था छैन ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन (बन्दाबन्दी) गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा आज फोनिज गण्डकीले आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार, अक्षयकोष घोषणा तथा पुरस्कार वितरण’ समारोहमा उहाँले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताउनुभयो ।…