हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले राससलाई जानकारी दिनुभयो । ‘इन्दुशङ्कर चिनी उद्योग लिमिटेड विसं २०४२ मा स्थापना भएको थियो । स्थापनायता नैै यस वर्ष…