कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । भेरी अस्पतालमा भर्ना हुुनुभएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि…