चितवन, २६ साउन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माउनुभएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ…