बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा दिँदा केही कित्ता छुटाएर मुआब्जा दिइएका सयौँ जग्गाधनीको पाउन बाँकी कित्ताको मुआब्जा दिनुपर्ने माग गरेको छ । समितिले आज विज्ञप्ति जारी गरी मूल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले निर्धारण गरेकै दरअनुसार दिनुपर्ने माग गरेको हो । “मुआब्जा समितिको निर्णयअनुसार…