काठमाडौँ, २६ साउन । काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको श वको सनाखत भएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । गत आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा शंकास्पद सुटकेश देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकैको ४ तले घरको…