म साढे दुई वर्षपछि घर फर्कन्छुः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वसँंग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंगको छलफलपछि अपराह्न बालकोटस्थित निजी निवासमा आउनुभएको हो । धर्मपत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।…