टीकापुर, १८ कात्तिक (रासस) ः कैलालीको टीकापुरकी प्रियङ्का परियारले तिहारका लागि चाहिने सामान खरिद गरिसक्नुभयो । उहाँले तिहारमा रोटी पकाउन र भाइका लागि आवश्यक मसला खरिद गर्नुभयो । उहाँले सामान खरिद गर्दा मूल्यसूची हेर्ने र मोलमोलाई गर्नुभएन । व्यापारीले तोकेको मूल्यमा सामान किनेको उहाँ बताउनुहुन्छ । ‘‘विगतका तुलनामा मूल्य बढेको रहेछ, व्यापारीले जति भने उति…