काठमाडौँ, १७ साउन । रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो । क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी…