कोभिड–१९ सङ्क्रमणबाट बच्न आफैँ सतर्क हुन आवश्यक

कोभिड–१९ सङ्क्रमणबाट बच्नका लागि आफैँ सतर्क हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कोभिड–१९ सम्बन्धी छलफलमा सरोकारवालाले वर्तमान अवस्थामा सङ्क्रमण समुदाय पूर्वअवस्थामा रहेको विचार व्यक्त गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएको बताउँदै समुदायमा फैलिन नदिन आवश्यक सचेतनामा जोड दिनुभयो…