वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

काठमाडौँ, १३ कात्तिक (रासस) ः कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ । कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि यस…