सूर्यविनायक नगरपालिकाभित्रका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याको प्रतिवेदन सार्वजनिक गरिएको छ । औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानवअधिकार समूह सूर्यविनायक नगरपालिकाले विभिन्न ठाउँमा गरेको अन्तक्र्रिया र अनुसन्धानका आधारमा पहिचान गरिएको समस्याको आज सार्वजनिक गरिएको छ । सूर्यविनायकमा देखिएका समस्यामध्ये शिक्षातर्फ सामुदायिक विद्यालयमा अनावश्यक शिक्षक सङ्ख्या रहेको, शिक्षक भर्ती केन्द्र बनाइएको…