नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । “यस्ता प्रतियोगिताले…