कञ्चनपुर, २६ असोज (रासस) ः कृष्णपुर नगरपालिका– ६ मछेली नदी छेउमा बस्दै आएका भूमिहीन परिवारको जीविका मजदूरीले धानिँदै आएको छ । बिहानको झिसमिसेमै बस्तीका पुरुष टाढा टाढासम्म मजदूरीका लागि जान्छन् । साँझ अबेर मात्रै घर फर्किन्छन् । उनीहरुले मजदूरीका रुपमा ढुवानीका साधन चलाउने र निर्माणका कार्य गर्दै आएका छन् । महिलाले नदीमा बालुवा गिट्टी चाल्ने…