सार्वजनिक जग्गा अतिक्रमण नगर्न गृह मन्त्रालयको आग्रह

सरकारले कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानूनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गर्नुभएको विज्ञप्तिअनुसार नेपालको संविधान र कानूनमा रहेको व्यवस्थाअनुसार…