जनशक्ति अभावको पीडामा पिल्सिएको राष्ट्रिय अभिलेखालय

सरकारले विभागस्तरमा स्तरोन्नति गरे पनि राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्तिको अझै पूर्ति हुन सकेको छैन । विभागस्तरमा स्तरोन्नति भएको तीन वर्षमा पनि अभिलेखालय ३० जनाको दरबन्दीमा चलेको आज आयोजित ५४औँ स्थापना दिवसमा जानकारी गराइएको छ । त्यसमध्ये पनि हाल अभिलेखालयमा २० जनामात्र कार्यरत छन् । दश पद रिक्त छ । जनशक्ति अभावमा सरकारको लक्ष्य र उद्देश्य…