नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नु परिरहेको बताउनुभएको छ । उहाँले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताउनुभयो । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोस्रो साधारणसभालाई आज सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले…