धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार ः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार भएको बताउनुभएको छ ।विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा बोल्दै उहाँले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्न सकिने बताउनुभयो । प्रदेशभित्रका धार्मिक पीठका प्रमुखहरुलाई एक ठाउँमा भेला…