नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो…