पर्वतका छ स्थानीय तहमा कांग्रेस नेतृत्व चयन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पर्वतमा पैँयु गाउँपालिकाबाहेक सबै पालिकाको निर्वाचन सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले यदुनाथ शर्मा बास्तोलालाई पराजित गरी विजयी हुनुभएको हो । भण्डारीले १९८ मत ल्याएर विजयी हुनुभएको हो भने बास्तोलाले १३१ मत ल्याउनुभयो । उपसभापतिमा राजन जोशीले १२६ मत र कमलकान्त पाध्याले ११२…