कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको पनि आजै मतगणना हुने भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना गरिनेछ । कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको…