गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री खाँणले त्यसतर्फ सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत…