गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

रुकुम–पूर्वबाट एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माकी एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । सात महिनाकी गर्भवती स्थानीय १८ वर्षीया रोदना कामीको अत्याधिक रक्तश्राव भएपछि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । प्रजिअ बास्कोटाका अनुसार सुत्केरी हुने समय अवधि नपुग्दै…