कार्यवाहक प्रधानमन्त्री खाँणलाई बुझाइयो प्रतिवेदन

बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानविन गर्न गठित समितिले आज कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले छानविनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता…