बागलुङका मठमन्दिर सोमबारदेखि खुल्ने

यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीसहित सबै मठमन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि धार्मिक क्षेत्र बन्द थिए ।  आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्ड पूरा गरेर मठमन्दिर खोल्ने निर्णय गरेको हो । मन्दिरको प्रवेशद्वारमा हात धुने व्यवस्था गर्नुपर्ने, दर्शनार्थीको ज्वरो नाप्ने, अनिवार्य मास्क प्रयोग…