काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो । जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ४५ रनमा…