मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

मनाङ, ३१ वैशाख (रासस) : हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ८२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ९०२ मत…