काठमाडौं । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेलमा सीसीटीभी मोनिटरिङ कक्ष स्थापना गरिएको छ । काठमाडौंमा सीसीटीभी मोनिटरिङमार्फत ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउने र ट्राफिक व्यवस्थापन गर्ने कार्य यसअघि बाट नै सुरुवात भइसकेको थियो । ललितपुरमा भने पहिलो पटक सीसीटीभी मोनिटरिङमार्फत ट्राफिक व्यवस्थापन गर्न लागिएको हो । काठमाडौं उपत्यका…