पहिराले अवरुद्ध रुकुमपूर्वको सिस्ने गाउँपालिको सडक सञ्चालनमा

रुकुमपूर्वको सिस्ने गाउँपालिको वडा नं ७ र ८ मा अवरुद्ध सडक सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा गत जेठ महिनादेखि आवत जावत बन्द भएको थियो । रुकुमकोट–धाउने–भेरीखोला–सोलाबाङ सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरो हटाउनुका साथै भलले चिरेको खाल्टाखुल्टी पुरेपछि सडक सञ्चालन आएको गाउँपालिकाले जनाएको छ । यी वडाका कौछे, चिसापानी, तुसारेखोला र…