राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको…