तस्करी गरी लैजाँदै गरेको काठसहित दुई पक्राउ

जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताउनुभयो ।…