‘पशुपालनबाटै आर्थिक अवस्था राम्रो होला’

पाँचथर, ४ भदौ । “अब अर्को भैंसी किन्छु । सहकारीले राम्रै मूल्य दिएर दूध खरिद गर्ने भनेको छ”, रु. ४० हजारको चेक पाएपछि जिल्लाको कुम्मायक–२ माङजाबुङकी दीपमाला कुँवरको अपेक्षा थियो, “विस्तारै हाम्रो पनि राम्रो हुँदै जाला ।” कुँवर जस्तै स्थानीय जनकल्याण कृषि सहकारी संस्थामा आवद्ध ४५ जना महिलाले पशुपालनका लागि घुम्तीकोषमार्फत उक्त रकम पाएपछि पशुपालनबाटै…