पहिरोजन्य विपद् न्यूनीकरणका लागि म्याग्दीमा वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने नीतिगत व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मङ्गलबार बेनीमा भएको सर्वपक्षीय बैठकले पहिरो, भूक्षय, कटान र बाढीको समस्या न्यूनीकरणका लागि सडकको ट्र्याक खन्नुअघि त्यसले वातावरणमा पार्ने असरको बारेमा अध्ययन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको…