बुधबार राती देखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा, यी काम गरे कडा कारवाही (निर्णय सहित)

काठमाडौँ, २ भदौ । दिन प्रतिदिन कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निष्कर्ष निकालेको छ। उपत्यकाका तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि निधेषाज्ञा जारी गर्ने निर्णय मंगलबार…