काठमाडौँ, १ भदौ । नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिनुहुने म्यान्माका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ । नेपाली शिक्षा परिषद्को ७० औँ वार्षिकोत्सव, तथा संस्थापक गोपाल पाँडे असीमको १०८ औं जयन्तीका अवसरमा आज यहाँ आयोजित बेभिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिहरुको…