लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला

उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज लगानी बोर्डको प्रमुख कार्यकारीको हैसियतले काम गर्न बाटो खुला गरेको हो । आदेशमा भनिएको छ, “अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका…