तनहुँ, ३२ साउन । भेटेरेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले उन्नत जातका भैँसीका पाडापाडी र गाईका बाच्छाबाच्छी हुर्काउनका लागि अनुदान प्रदान गर्न लागेको छ । भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी÷बाच्छाबाच्छी गरी ४०० वटालाई हुर्काउन अनुदानका लागि रकम विनियोजन गरिएको सो केन्द्रले जनाएको छ । जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले…