कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि आजराति १२ बजेसम्म भएकामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले जोखिमलाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधि थप गर्ने…