भोजपुर, २१ साउन । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको हो । लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा…