काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ । सोमबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गर्नुभयो । उहाँले…