उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले शेरबहादुर देउवासँग भेटेर मागे मत

काठमाडौ । जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मत मागेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । यादवले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावक र समर्थकमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरु पनि छन् ।…