कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गर्नुभएको छ । नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उहाँले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । प्रदेशसभा हाल ३५ सदस्यीय छ । बहुमतका…