महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को भाषा साहित्य समितिले उहाँको व्यक्तित्व र कृतित्वको विषयमा विचार विमर्श आयोजना गरेको छ । भर्चुअल आयोजित कार्यक्रममा प्रा डा महादेव अवस्थीले देवकोटा आफ्नो कृतिले नै नेपाली साहित्य क्षेत्रमा अहिलेसम्म अजर अमर रहेको विचार व्यक्त गर्नुभयो । समितिका अध्यक्ष डा जानुका नेपालले कृतिले नै व्यक्तिलाई…