विराटनगर, १५ कात्तिक (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिनुभएको हो । प्रदेशसभाको हिउँदे तथा आठौँ अधिवेशनको आज बसेको बैठकमा प्रदेशसभामा नेकपा एमालेतर्फका सांसदको बहुमत नरहेका कारण राजीनामाको घोषणा…